काठमाडौं । नेपाली कांगेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।
एमसीसी संसद्मा टेबल भएपछि नेता पौडेल भेटघाटमा सक्रिय भएका छन् । सत्ता गठबन्धनबाटै एमसीसी पास गराउनुपर्ने भन्दै पौडेलले सत्ताघटक दल जसपाका अध्यक्ष यादवसँग भेटघाट गरेका हुन् ।
पौडेलले सोमबार दिउँसो यादवसँग भेट गर्दै एमसीसी अनुमोदनमा सघाउ गर्न यादवलाई आग्रह गरेका थिए ।
छलफलमा पौडेलले एमसीसी पारित गर्दै गठबन्धनलाई थप मजबुत बनाएर लैजानुपर्ने बताएका छन । नेता पौडेल सत्ता गठबन्धन जोगाएर एमसीसी पास गर्नुपर्ने बताउँदै आएका छन्।