पृथ्वीनारायण शाहले कालु पाँडेले भनेको नमान्दा कीर्तिपुरमा पराजित हुनुपर्‍यो : केपी ओली

9.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पृथ्वीनारायण शाहले कालु पाँडेले भनेको नमान्दा कीर्तिपुरसँगको युद्धमा हार्नुपरेको बताएका छन्।

 चन्द्रागिरि नगरपालिका वडा १ मा रहेको पाँडेको समाधिस्थलमा पुगेर ओलीले शाहले पाँडेको युद्ध सम्बन्धिको विश्लेषण नमानेको दाबी गरेका छन ।

शाह महान भए पनि गल्ती नै गर्दैन थिए भन्ने भनाइ सत्य नभएको ओलीले बताएका छन।

 
कीर्तिपुरको युद्धमा कालु पाँडे काटिएको र पृथ्वीनारायण गिरफ्तार भएकोमा थुनिएको ठाउँबाट भेष बदलेर भागेको ओलीले बताए।


उनले युद्धमा नेतृत्व गरेका र शासकहरुको मात्रै सालिक बनेको बताए। १२ सय भन्दा बढीको ज्यान गएको भए पनि पाँडेको मात्रै सालिक बनेको उनको भनाइ छ।

ताजा अपडेट
सम्बन्धित समाचार