जसपाले एमसीसीमा ह्वीप नलगाउने भएपछि उपेन्द्र यादव अल्पमतमा

11k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले एमसीसीबारे आफ्ना सांसदहरुलाई ह्वीप नलगाउने भएको छ।

पार्टीमा अध्यक्ष उपेन्द्र यादव समूह एमसीसीको विपक्षमा देखिएपनि संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूह एमसीसीको पक्षमा देखिएको र उक्त समूह बहुमतमा रहेकोले एमसीसीबारे ह्वीप नलगाउने जसपाको तयारी गरेको छ ।

बाबुरामले एमसीसी बिना शर्त पारित गराउनुपर्ने आवाज उठाउँदै आएका छन् । निकै विरोध र विवादका बावजुद एमसीसी सदनमा टेबुल भएको छ । अब प्रतिनिधिसभाको बैठक फागुन १२ गते दिउँसो १ बजे बस्दैछ ।

उक्त बैठकमा एमसीसीबारे छलफल हुने बताईएको छ । अमेरिकाले एमसीसी सदनबाट अनुमोदन गर्नको लागि फागुन १६ गतेको समयसिमा दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि अमेरिकाले दिएको समयसिमाभन्दा अगावै एमसीसी पास गराउन चाहन्छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार