मधेस प्रदेशको मंगलबार बस्ने भनिएको प्रदेशसभा बैठक किन स्थगित भयो, कारण यस्तो

9.4k Shares

काठमाडौँ । मधेस प्रदेशको मंगलबार बस्ने भनिएको प्रदेशसभा बैठक २२ फागुनसम्मका लागि स्थगित भएको छ । यसअघि १ फागुनका लागि तय गरिएको बैठक स्थगित गरी १० फागुनमा बोलाइएको थियो । 

नेपाली कांग्रेसको जिल्ला अधिवेशन, सभामुखको पोखरा भेला र प्रदेशसभा भवन जाने बाटो मरम्मत भइरहेकोले आवतजावतमा समस्या भएको भन्दै आज बस्ने भनिएको बैठक स्थगित गरिएको सभामुख सरोजकुमार यादवले जानकारी दिएका छन । 

त्यस्तै, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह पनि पारिवारिक भ्रमणमा भारत गएका छन् । प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल गर्न १० फागुनका लागि बोलाइएको बैठक २२ गतेसम्मका लागि स्थगित गरिएको हो ।

 

ताजा अपडेट
सम्बन्धित समाचार