काठमाडौं । आज शुक्रबार महासचिव चन्द ‘विप्लव’ जनता सामु सार्वजनिक हुँदैछन्। सरकारी टोली र विप्लव समूह बीचको वार्तामा सहमति भएपछि शुक्रबार विशेष समारोह गरी वार्तामा भएका ३ बुँदै सहमतिलाई आज सार्वजनिक गराउदै हुनेछन ।
सरकार र नेत्र विक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपा बीच सहमति भएपछि सो पार्टीका सरकारले २०७५ मा विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि भूमिगत रहेका उनी आज काठमाडौं आउन लागेका हुन् ।
हिजो बिहीबार सरकारसंग विप्लवले सम्बोधन गर्ने दुवै पक्षका संयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको थियो । आज प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव कार्यक्रममा सहभागी हुनका लागि चन्द नवलपरासीबाट काठमाडौं हिडी सकेका छन् । प्रधानमन्त्री ओलीको कार्यकालमा यसलाई दोस्रो महत्वपूर्ण उपलब्धी मानिएका छन ।