काठमाडौँ । चन्दा रकम नदिएको भन्दै विप्लव नेतृत्वको नेकपाका युवाहरुले नेतृत्वलाई कालोमोसो दल्नेजस्ता अमानवीय व्यवहार गरेको प्रति प्युठानको मल्लरानी गाउँपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पालिका अध्यक्ष अमरध्वज राना, प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापा, शिक्षा शाखा प्रमुख ठाकुरप्रसाद आचार्य, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख शिवराज पण्डितमाथि विप्लवनिकट पार्टीका युवाहरुले सोमबार कालोमोसो दलेका थिए ।
भूमी विकास आधारभूत विद्यालय सरङकोटमा छलफल चलिरहेका बेला एक्कासी ती युवाहरुले चन्दा नदिएकै कारण कालोमोसो दल्ने सम्मको अमानवीय व्यहार गरेको गाउँपालिकाले जनाएको छ । सुनियोजित रुपमा विप्लवका कार्यकर्ता परिचालित भएको गाउँपालिकाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
अराजक समूहमाथि कानुनी कारवाही गर्नसमेत गाउँपालिकाले माग गरेको छ ।