काठमाडौं । संंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बतास समूहले सञ्चालन गर्दै आएको पशुपति धर्मशाला छिट्टै फिर्ता ल्याइने बताएका छन् ।
आज महाशिवरात्रि पर्व–२०७८ मूल समारोह समितिको बैठकमा उनले यस्तो बताएका हुन् । ‘‘भारतीय सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड भारु दिएर धर्मशाला निर्माण गर्न दिएको आज कौडीको भाउमा विगतका प्रमुखहरूले बेच्ने काम गरेको आरोप लगाएका छन ।
‘‘बतास समूहले ल्याएको अल्पकालीन आदेश पनि सोमबार खारेज भइसकेको छ । त्यसकारण पशुपतिले सबैको रक्षा गर्नेछन्, ‘‘जसले पशुपतिलाई गिद्धेदृष्टि लगाउँछ त्यसको कहिल्यै पनि कल्याण हुने छैन । अहिले त्यो धर्मशाला हामीसँग भएको भए करिब ४०० जना साधुसन्त, दर्शनार्थीहरू राख्न सकिन्थ्यो । तर, त्यो भएन । अब छिट्टै हामी धर्मशाला फिर्ता ल्याउँदै छौँ ”उनले भने ।
यही फागुन १ गते उच्च अदालत पाटनले होटेल सञ्चालनमा अवरोध नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै आवश्यक प्रमाण माग गरेको थियो । सोमबार अदालतले उक्त अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ ।