लोसपा नेता वृषेशचन्द्र लालसहित एक सयभन्दा बढी नेता कार्यकर्ता तमलोपा प्रवेश,लोसपा छोड्नुुको कारण यस्तो

23.5k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा ) नेपालका कार्यकारिणी सदस्य वृषेशचन्द्र लालसहित एक सयभन्दा बढी नेता कार्यकर्ता तराई– मधेस लोकतान्त्रिक पार्टी प्रवेश गरेका छन्।

 पूर्व राष्ट्रियसभा सदस्यसमेत रहेका लालसहित एक सयभन्दा बढी नेताहरु तमलोपामा गएका हुन्। नेता लालसहित संविधान सभा सदस्य डा.विजय कुमार सिंहले समेत लोसपा परित्याग गरी रविशंकर कुमार कर्णको नेतृत्वमा रहेको तमलोपामा प्रवेश गरेका हुन्।

नेता लालले वर्तमान स्थितिमा मधेसको प्रतिनिधित्व गर्ने कुनै दल नरहेको भन्दै जनताको चाहनाअनुसार स्वच्छ क्षेत्रीय आकांक्षा र आवश्यकता बमोजिम मधेस एजेण्डाप्रति प्रतिवद्ध राजनीतिक दल आजको आवश्यकता भएकोले आफूहरु आवद्ध रहेको आ–आफ्ना दलहरू परित्याग गर्दै तमलोपामा समावेश भएको बताएका थिए।

ताजा अपडेट
सम्बन्धित समाचार