काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक बुधबार दिउँसो बस्दैछ ।
बैठकले संसद्मा सरकारले टेबल गरेको एमसीसी सम्झौताबारे पार्टीको आधिकारिक धारणा बनाउने नेता लक्ष्मणलाल कर्णले बताएका छन ।
‘समसामयिक राजनीतिक विषयहरूमा छलफल हुन्छ, अहिलेको जल्दोबल्दो विषय बनेको एमसीसीका विषयमा समेत पार्टीको आधिकारिक धारणा तय गर्छ,’ नेता कर्णले भने ।
बैठक दिउँसो १ बजे बबरमहलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ । प्रतिनिधिसभामा लोसपाका १३ सांसद् छन् । यसअघि लोसपाका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीले एमसीसीको पक्षमा मतदान गर्ने बताएका थिए ।