काठमाडौं । अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता पक्ष र प्रतिपक्षसँगको भेटघाटलाई तीब्र पारेका छन्।
मंगलवार राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमै बोलाएर भेटेका देउवाले बुधवार गृहमन्त्री बालकृष्ण खाणलाई ओली निवास बालकोट पठाएका थिए।
ओली र खाणबिचको भेटमा एमालेले संसदको अवरोध हटाउने र एमसीसी पारित गर्ने विषयमा छलफल भएको थियो।
मंगलवारको भेटमा देउवाले एमसीसी पारित गर्न सहयोग गर्न ओलीलाई प्रस्ताव गरेको भए पनि ओलीले भने सभामुख अग्नि प्रसाद सापकोटालाई हटाउनुपर्ने शर्त राखेका थिए। गृहमन्त्रीसँगको भेटमा पनि ओलीले आफ्नो अडान दोहोर्याएको बताइएको छ।
भेटमा कुनै सहमति भने नभएको ओलीको सचिवालयले बताएको छ।