कामु प्रधानन्यायाधीश कार्कीले बोलाए न्याय परिषद्को बैठक,यस्तो छ कार्यसूची ?

10.3k Shares

काठमाडौं । कायममुकाय प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषद्को बैठक बोलाएका छन् ।

आजका लागि कामु प्रन्या कार्कीले विशेष अदालत काठमाडौं र राजश्व न्यायाधीकरण काठमाडौंका न्यायाधीशलाई काज खटाउने विषयमा छलफलका प्रयोजनका लागि बैठक बोलाएका हुन् ।

आज बस्ने बैठकले विशेष अदालतमा रिक्त अध्यक्षसहित न्यायाधीश पदमा उच्च अदालतका न्यायाधीशहरुलाई काज सरुवा गर्ने मुख्य एजेण्डासहित अन्य विषय रहेको सर्वाेच्चले जनाएको छ । 

ताजा अपडेट
सम्बन्धित समाचार