राष्ट्रपति भण्डारीको छोरी उषा किरण एमाले काठमाडौं जिल्ला कमिटीको सदस्यमा मनोनित

18.7k Shares
सम्बन्धित पार्टी

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीको छोरी उषा किरण भण्डारी एमाले काठमाडौं जिल्ला कमिटीको सदस्यमा मनोनित भएकी छन् । 

मदन भण्डारी फाउन्डेसनकी उषाकिरणलाई काठमाडौं जिल्ला कमिटीको फागुन ३ गतेदेखि सुरु भएको प्रथम पुर्ण बैठकबाट सदस्यमा मनोनित गरिएको हो ।

बैठक मंगलबार सम्पन्न भएको हो । सदस्यमा मनोनित भएसँगै उषाकिरण राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेकी छिन् । 

भण्डारीले जवाहरलाल नेहरु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विषयमा स्नाकोत्तर गरेकी छिन् । हाल उनी मदन भण्डारी मेमोरियल कलेजको अध्यक्ष छिन् ।

ताजा अपडेट
सम्बन्धित समाचार