एमसिसी ल्याउन लागिपरेकाहरू अहिले विरोधी देखिन नाटक गरिरहेका छन् : शंकर पोखरेल

9.3k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारमा सहभागी दल र नेताहरूले दोहोरो चरित्र देखाउँदा एमसिसी परियोजना विवादित बन्दै गएको बताएका छन्।

सरकारमा रहेकाहरूले एमसिसी परियोजनाको प्रस्ताव संसदमा टेबल गर्ने विषयमा सहमति गर्ने र बाहिर जनताका बीचमा भ्रम सिर्जना गरेर जनतालाई विभाजित गर्ने काम गरेको आरोप समेत लगाएका छन।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले बुधबार बुटवलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सरकारमा रहेकाहरूले नै स्पष्ट दृष्टिकोण बनाउन नसक्दा एमसिसी परियोजना विवादित बनेको बताएका हुन्।


पोखरेलले विगतका तथ्यहरूले एमसिसी परियोजना नेपालको निरन्तर प्रयासपछि आएको पुष्टि भए पनि एमसिसी परियोजना भित्र्याउन आफैं लागिपरेकाहरू अहिले एमसिसीमा विरोधी भएको देखाउन नाटक गरिरहेको बताए।

 

ताजा अपडेट
सम्बन्धित समाचार