लोसपाले एमसिसीको पक्षमा मतदान गर्ने,भोलि बस्ने बैठकमा सबै सांसदलाई उपस्थित हुन निर्देशन

14.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसिसीको पक्षमा मतदान गर्ने भएको छ।

आज बसेको लोसपा संसदीय दलको बैठकले एमसिसीका पक्षमा मतदान गर्ने निर्णय गरेको हो। एमसिसी सरकारसँगको सम्झौता भएको र त्यसबाट पछि हट्दा अन्तर्राष्ट्रिय स्तरमा नेपालको विश्वसनीयतामाथि प्रश्न उठ्ने भन्दै अध्यक्ष महन्थ ठाकुरले बैठकमा एमसिसीको पक्षमा उचिनुपर्ने प्रस्ताव राखेका थिए।

सम्झौता भइसकेको एमसिसीलाई असफल पार्न नहुने भन्दै लोसपाले त्यसको पक्षमा उभिने भन्दै स्पष्ट धारणा तय गरेको जनाइएको छ।

प्रतिनिधिसभामा लोसपाका १३ सांसद छन्। भोलि बस्ने बैठकमा सबै सांसदलाई उपस्थित हुन लोसपाले निर्देशनसमेत दिएको जनाइएको छ। 

ताजा अपडेट
सम्बन्धित समाचार