काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनबाट एमाले पार्टी फेरि उदाउने बताएका छन् ।अध्यक्ष ओली बुधबारदेखि ७० वर्ष पूरा भएर ७१ वर्ष लागेका छन् ।
ओलीको जन्मदिनको अवसरमा बालकोटमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले आफूलाई फाँसीको माग गर्दै जेल सजाय हुँदासमेत जनताको माया र सहयोग पाएर जेलमुक्त भएको र अहिले जनताको मायाले नै राज्य सञ्चालन गर्ने ठाउँमा पुगेको बताएका छन ।
उनले एमालेले युद्व नहारेको दाबी गरे । उनले राजनीतिमा जनताको शुभकामना र शुभेच्छा नै महत्वपूर्ण भएको अनुभव सुनाए ।
‘म बिरामी हुँदा मठमन्दिर र गुम्बाहरूमा प्रार्थना गरिए, भाकल गरिए, सबैले आफ्नो आस्थाअनुसार शुभकामना र शुभेच्छा प्रकट गर्नुभयो, जनताको शुभकामना जति ठूलो अरु कुरा राजनीतिमा चाँहि केही पनि हुँदैन रहेछ । जब जनताको शुभकामना हुन्छ, त्यहाँ साथ हुन्छ, सहयोग हुन्छ,’ उनले भने, ‘त्यसैले आज भने गाडीमा कहानेर ब्रेक लगाउने ? कहाँनेर गेयर चेन्ज गर्ने भन्ने निर्णय गर्ने ठाउँमा छु’उनले भने ।