सिंहदरबारमा माओवादी र एकीकृत समाजवादीका नेताहरुबीच बैठक,यस्तो आयो निश्कर्ष  

16.9k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

काठमाडौं । सत्तारुढ गठबन्धनका प्रमुख दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुबीच सिंहदरबारमा छलफल भएको छ। 

संसद्‌मा टेबल भएको अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौताका सन्दर्भमा साझा धारण तय गर्न भन्दै दुवै दलका सांसदसहित नेताहरु छलफलमा जुटेका हुन्। 

सिंहदरबारमा भएको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित सहभागी रहेका थिए। 

सत्तारुढ दल नेपाली कांग्रेस जसरी पनि एमसीसी अनुमोदन गर्ने पक्षमा छन् भने माओवादी र समाजवादीले अनुमोदनका सन्दर्भमा निर्णय गरिसकेका छैनन्।

ताजा अपडेट
सम्बन्धित समाचार