एमसीसीको विरोध प्रदर्शनमा बढी बल प्रयोग नगर्न आयोगको आग्रह

7.9k Shares

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभामा अनुमोदनका लागि पेस भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विरोध प्रदर्शनमा आवश्यकभन्दा बढी बल प्रयोग नगर्न आग्रह गरेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाल प्रहरी र राजनीतिक दललाई आयोगले यस्तो आग्रह गरेको हो । विज्ञप्तिमार्फत नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानवअधिकारको सम्मान गर्दै विरोध प्रदर्शनका क्रममा आवश्यकभन्दा बढी बल प्रयोग नगर्न र शान्ति सुरक्षा कायम गर्दा संयमित आग्रह गरिएको छ । 


यसअघि प्रहरी र प्रदर्शनकारीबीच भएको दोहोरो झडपमा हिंसात्मक गतिविधि भएको भन्दै आयोगले दुवै पक्षलाई संयमित हुन आग्रह गरेको छ ।

 

ताजा अपडेट
सम्बन्धित समाचार