एमसिसीको विरोधमा आज पनि बानेश्वरमा प्रदर्शन , शेरे–केपी एउटै हो, दलाल सांसदहरू होसियारको नारा

7.7k Shares


काठमाडौँ । अमेरिकी सहयोग परियोजना (एमसिसी)को विरोधमा यतिबेला नयाँ बानेश्वरमा चर्को प्रदर्शन भइरहेको छ । 

प्रदर्शनको नेतृत्व गरिरहेका छन्( सत्तारूढ दलकै भातृ संगठनका नेता र कार्यकर्ताहरू । बानेश्वरको जुलुसमा यसअघि नै घाइते भएकाहरू पनि सहभागी भएका छन् । 

माओवादी केन्द्रको भातृ संगठन वाइसिएलका इन्चार्ज रामप्रसाद सापकोटा, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका संयोजक सुदेश पराजुली, अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंह लगायतका नेताहरू अग्र भागमा खटिएका छन । 

प्रदर्शनमा उत्रिएकाहरूले ‘राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, हाम्रो बाटो खाली गर, दलाल सांसदहरू होसियार, शेरे – केपी एउटै हो’, लगायतका नारा लगाइरहेका छन् । 

केहीबेरमा बस्न लागेको संसदमा एमसिसी परियोजनाबारे छलफल गर्ने कार्यसूची रहेको छ । यसको विरोधमा सत्तारूढ गठबन्धनमै आवद्ध दलहरू आन्दोलित बनेका छन् । 

नेकपा एमालेले आफ्नो धारणा सार्वजनिक गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीसँग सहकार्य बढाएका छन् । एमसिसी टेबल भए पनि अहिले नै पास गर्न नहुने पक्षमा माओवादी र नेकपा समाजवादी देखिएको छ । 

 

ताजा अपडेट
सम्बन्धित समाचार