काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिलेकै अवस्थामा कुनै हालतमा एमसीसी पास गर्न नदिने अडान लिएका छन्।
पार्टी संसदीय दलको कार्यालयमा कुरा गर्दै उनले अन्तिमदेखि सुरुसम्म समाजवादी एमसीसीको विपक्षमा रहेको बताएका छन ।
समाजवादीको अडान अन्तिमदेखि सुरुसम्म क्लियर छ, नो एमसीसी, विदआउट एनी चेन्ज ओर एमेन्मेन्ट नो एमसीसी, खनालले भने ।
नेपालको अहितमा रहेका बुँदा परिवर्तन नगरी एमसीसी पास नहुने उनको भनाई छ ।