काठमाडौँ । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको बैठक स्थगित भएको हो । यस अघि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बसेको थियो ।
सो बैठकमा माओवादी नेता देव गुरुङसहितका प्रतिनिधिहरुले एमसिसीको विरोधी जनमत रहेको भन्दै संसदमा छलफल रोक्न माग गरेका थिए । तर, सरकार र नेपाली कांग्रेसका प्रतिनिधिहरुले छलफल गर्नुपर्छ भनेका थिए ।
एमसिसी आजकै बैठमा पेश गर्ने तयारी गरिएको थियो । सरकारको आग्रहमा आजको प्रतिनिधिसभा बैठक स्थगित भएको संसद सचिवालयले जानकारी दिएको छ । अर्को बैठक भोलि १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।