काठमाडौं । बिहीबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भए पछि प्रधानमन्त्री शेरबहादुर देववा प्रतिपक्षी दल नेकपा एमालेका सांसद्हरुसँग छलफलमा जुटेका छन्।
बानेश्वरस्थित संसद् भवनमा अहिले प्रधानमन्त्री देउवा र नेकपा एमालेका सीमित सांसदबीच छलफल चलिरहेको प्रधानमन्त्री देउवा निकट स्रोतले जनाएको छ ।
छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिएका प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटा सहित सांसदहरु सहभागी रहेका छन्।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता संसद्बाट पारित गराउन सहयोग गर्न नसकिने बताएपछि प्रधानमन्त्री देउवाले एमाले सांसद्सँग छलफल चलाएका हुन्।