राप्रपा धादिङको उपाध्यक्षमा कुलमान घिसिङकी श्रीमती दीपा तामाङ चयन

14.6k Shares

काठमाडौँ । राप्रपा धादिङको उपाध्यक्षमा नेपाल विद्युत प्राधिकरणकी कार्यकारी निर्देशक कुलमान घिसिङकी श्रीमती दीपा तामाङ चयन भएकी छन् । 

उनलाई राप्रपा धादिङको कार्यसमिति बैठकले उपाध्यक्षमा मनोनयन गरेको हो । कुलमान माओवादीको कोटामा प्राधिकरणमा कार्यकारी निर्देशक बन्दा उनको श्रीमती भने राप्रपामा आबद्ध रहेकी हुन् । उनी राप्रपामै लामो समयदेखि आबद्ध रहेको बताइएको छ । 

राप्रपाका अनुसार उनी यसअघि धादिङ जिल्ला कार्यसमिति सदस्य रहेकी थिइन् ।  राप्रपा धादिङको अध्यक्ष भने ध्रुव खनाल रहेका छन् ।  गत कात्तिकमा सम्पन्न राप्रपा धादिङको अधिवेशनबाट ३१ जनाको कमिटी बनाइएको थियो भने पछि सो संख्या बढाएर ४७ जना पुर्याइएको थियो । 

यसैबीच राप्रपा धादिङको अर्को उपाध्यक्ष बेनीघाट रोराङ गाउँपालिकाका शालिकराम सिलवाललाई चयन गरिएको सो पार्टीले जनाएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार