काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाभियोग प्रस्तावविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
अधिवक्ताद्वय दीपक मिश्र र पुण्य खतिवडाले दायर गरेको रिट दर्ता भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन ।
रिटमा महाभियोग प्रस्ताव असंवैधानिक र गैरकानुनी भन्दै खारेज गरी प्रधानन्यायाधीश राणालाई पद बहाल गराई काममा फर्काउन माग गरिएको छ ।
प्रवक्ता पौडेलले रिटमा संवैधानिक अधिकारसम्बन्धी विषय भएकाले यो संवैधानिक इजलासमा दर्ता भएको बताए । संवैधानिक इजलास सञ्चालनमा आएपछि यो मुद्दामा सुनुवाइ अघि बढ्नेछ ।