काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले पार्टीले अंगिकार गरेका नीतिका कारण एमसिसीको समर्थनमा जान नसकिने बताएका छन् ।
संसद् भवनमा पत्रकारसँग कुराकानी गर्दै नेता रावलले राष्ट्रघाती प्रावधानलाई नहटाइ एमालेको सिद्धान्तले एमसिसीलाई समर्थन गर्न नदिने बताएका हुन् ।
उनले नेपालको संविधानले स्वतन्त्र परराष्ट्र नीति, असंलग्नताका सिद्धान्त, पञ्चशीलका सिद्धान्तलाई आत्मसात् गरेकाले ती सिद्धान्तले पनि एमसिसी अनुमोदन गर्न नदिने बताए ।
नेकपा एमालेको महाधिवेशनबाट पारित यसको कार्यक्रम जनताको बहुदलीय जनवाद, ६ सालदेखि नेपाल कम्युनिस्ट पार्टी राष्ट्रियताको झण्डाले बुलन्द गरेको थियो, त्यो कुरालाई राम्रोसँग आत्मसात् गर्ने हो भने यो सम्झौताका राष्ट्रघाती प्रावधान, नेपालको कानुन, नेपालको स्वाधिनता, नेपालको स्वाभिमान, नेपालको हित विपरीतका कुरा नहटाइ नेकपा एमाले जस्तो पार्टीले अंगिकार गरेका नीतिले यसलाई समर्थनमा जान अनुमति दिँदैन, उनले भने ।