प्रतिनिधिसभा बैठकमा एकीकृत समाजवादी एमसिसीबारेको छलफलमा सहभागी हुने,कारण रहेछ यस्तो

9.8k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को सैद्धान्तिक छलफलमा सहभागी हुने भएको छ ।

आजबाट प्रतिनिधिसभा बैठकमा एमसिसीका बारेमा हुने सैद्धान्तिक छलफलमा नेकपा (एस) ले आफनो धारणा राख्ने तर पूर्ववत् मान्यताअनुसार शंसोधनबिना अनुमोदन गराउन नहुने तर्क राख्ने भएको छ ।

‘आजबाट प्रतिनिधिसभा बैठकमा हुने सैद्धान्तिक छलफलमा सहभागी हुने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका हुन । छलफलमा सहभागी भए पनि संसोधन बिना एमसिसी पारित गर्न हुँदैन भन्ने पार्टीको धारण स्पष्ट राख्ने पनि उनको भनाई छ । 

उनका अनुसार पार्टीले एमसिसीका बारेमा के कस्तो निर्णय गरेको थियो त्यो संसदबाटै थप जानकारी दिने योजना राखिएको छ । 

 

ताजा अपडेट
सम्बन्धित समाचार