काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका नेता आकस्मिक छलफलमा जुटेका छन्।
एमसीसीको विषयमा फरक मत राख्दै आएका माओवादीका नेताहरू सत्ता गठबन्धनबाट बाहिरुनू पूर्व छलफलमा जुटेका छन्।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आकस्मिक रुपमा पार्टीका नेता तथा सांसदहरूलाई बोलाएर छलफलमा जुटेका हुन्। छलफल अहिले खुमलटारमा जारी छ।
एमसीसीको विपक्षमा उभिने र सरकारबाट बाहिरने विषयमा छलफल भइरहेको नेता कृष्णबहादुर महराले जानकारी दिएका छन्।