प्रतिनिधि सभा बैठकमा पनि एमालेले अवरोध कायम राख्ने

8k Shares
सम्बन्धित पार्टी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि अवरोध कायम राख्ने भएको छ।

करिब ६ महिनादेखि संसदमा नाराबाजी गर्दै आइरहेको एमालेले आजपनि विरोध जारी राख्ने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन्।

बिहीबार साँझ बालुवाटारमा भएको छलफलमा पनि संसद अवरोध खुलाउने विषयमा कुनैपनि सहमति नभएको भट्टराईको भनाई छ । उनले भने, ‘सत्तारुढ दल र प्रतिपक्षी दलको छलफल हुनु सकारात्मक पक्ष हो,’ जतिसुकै वार्ता र छलफल भएपनि परिणाम ननिस्किए छलफल अर्थपूर्ण रहँदैन।’

बिहीबारको छलफलपछि एमालेले संसदमा गर्दै आएको अवरोध स्थगित गर्ने चर्चा चलेपनि त्यसमा कुनै सत्यता नरहेको भट्टराईले बताएका छन्।

एमाले विभाजनका लागि सभामुखले भूमिका खेलेको भन्दै गत भदौ महिनादेखि लगातार एमालेका सांसदहरु संसदमा नाराबाजी गर्दै आइरहेका छन्। 

ताजा अपडेट
सम्बन्धित समाचार