एमसिसीको सैद्धान्तिक छलफलमा मत विभाजनमा जाने अवस्था आए आज पनि संसद नचल्ने संकेत

8.3k Shares

काठमाडौँ । नेपाली कांग्रेसले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मा सैद्धान्तिक छलफलपछि स्वीकृतिका लागि संसदमा निर्णयार्थ पेस नहुने सुनिश्चितता खोजेको छ।

प्रतिनिधि सभाको प्रक्रिया अनुसार अहिले टेबल भएको एमसिसीमा पहिला सैद्धान्तिक छलफल हुन्छ। जसमा एमसिसीका सिद्धान्त तथा सम्झौता ठिक र बेठिक भएको विषयमा छलफल हुन्छ।

छलफलमा उठेका प्रश्नमा अर्थमन्त्री वा सरकारका कुनै मन्त्रीले जवाफ दिनेछन्। त्यसपछि सभामुखले सैद्धान्तिक स्वीकृतिका लागि निर्णयार्थ पेस गर्छन्। सभामुखले स्वीकृतिका लागि पेस गर्दा सामान्यतया ध्वनी मत गराउँछन्। 

सामान्यतया संसदमा सत्तापक्षको बहुमत हुन्छ। त्यसैले सैद्धान्तिक छलफलमा सामान्यतया कुनै पनि विषय अस्वीकृत हुँदैन। तर माओवादी केन्द्रले सैद्धान्तिक छलफलमै मत विभाजन माग्ने तयारी गरेको थाहा पाएपछि नेपाली कांग्रेस झस्किएको हो।

प्रतिनिधि सभामा कुनै पनि विषयमा ध्वनी मतमा लिइएको निर्णयमा दस प्रतिशत सांसद अर्थात् २८ जनाले मत विभाजन माग्न सक्छन्। माओवादीले मत विभाजन माग्ने र सभामुखले दिने अवस्था आउने देखिएपछि बिहीबार प्रतिनिधि सभाको बैठक स्थगित भएको कांग्रेस सचेतक पुष्पा भुसालले बताइन्। 

ुनेपाली कांग्रेसले सैद्धान्तिक छलफलमा मत विभाजनमा जाने अवस्था आए प्रतिनिधि सभाको आजको बैठक स्थगित गर्ने तयारी गरेको छ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले प्रतिनिधि सभा नियमावली अनुसार सांसदहरूले मत विभाजन मागे दिनैपर्ने बताउँछन्।

 

ताजा अपडेट
सम्बन्धित समाचार