जसपाको कार्यकारी समितिको बैठक आज पनि बस्ने,एमसीसीबारे निकाल्ला त ठोस निश्कर्ष ?

17.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को कार्यकारी समितिको बैठक आज पनि बस्ने भएको छ । 

बैठक दिउँसो १२ बजेबाट पार्टी कार्यालय बालकुमारीमा बस्ने जसपाले जनाएको छ । आजको बैठकमा एमसीसीबारे निर्णायक छलफल हुने भएको छ ।

कार्यकारी सदस्य मनिष सुमनकाअनुसार आज बस्ने बैठकमा एमसीसीबारे छलफल हुनेछ । पार्टीले छलफलपछि आधिकारिक धारणा सार्वजनिक गर्ने सुमनले बताएका छन ।  

“सबैलाई एमसीसीबारे अध्ययन गर्न फोटोकपी वितरण भएको छ । आजबाट एमसीसीको विषयमा छलफल हुन्छ,” उनले भने ।

एमसीसीको विषयमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पास गराउनुपर्ने पक्षमा छन् भने अर्का अध्यक्ष उपेन्द्र यादवले भने कुनै प्रतिक्रिया दिएका छैनन् । 

ताजा अपडेट
सम्बन्धित समाचार