काठमाडौँ । नेपाली काँग्रेस र नेकपा एमालेबीच शनिबार पनि वार्ता हुने भएको छ ।
शनिबार अपरान्ह दुई दलबीच वार्ता हुने तयारी रहेको स्रोतले जनाएको छ । एमसीसी संसदमा टेबल भएसँगै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँग निरन्तर वार्ता गर्दै आएका छन् ।
सत्ता गठबन्धनमा एमसीसीको विषमा खटपट भएपछि देउवा ओलीतिर ढल्किएका हुन् । शुक्रबार साँझ पनि दुई दलबीच वार्ता भएको थियो । वार्तामा एमालेले पार्टीले राख्दै आएको माग पुरा भएपछि मात्रै अर्को प्रक्रियामा जान सकिने धारणा राखेको थियो । एमालेले सभामुख हटाउने कुरालाई बटमलाइन बनाउँदै आएको छ । सभामुख हटाउने विषयमा काँग्रेस र एमालेबीच सहमति जुटिसकेको छैन ।
बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने काँग्रेस र एमाले एक ठाउँमा रहनुपर्नेमा ओलीले जोड दिएको बताएका थिए । ‘