सुरक्षा परिषद् बैठकमा युक्रेनमाथि आक्रमणको निन्दा‚ रुसद्वारा भिटो प्रयोग,भारतसहित तीन देश प्रस्तावको विपक्षमा

9.2k Shares

काठमाडौँ । युक्रेनमा भएको आक्रमणविरुद्ध राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावलाई रुसले भिटो प्रयोग गरेर रोकेको छ। 

परिषद्‍को प्रस्तावको पक्षमा ११ देशले मतदान गरेका छन्। तर, भारत, चीन र युएई विपक्षमा रहेका छन । पश्चिमी देशहरुले शुक्रबार राति सुरक्षा परिषद्मा प्रस्ताव लगेका थिए।

राष्ट्रसंघको पाँच स्थायी सदस्यले भिटो प्रयोग गर्न पाउने अधिकार छ। जसमा अमेरिका, रुस, चीन, बेलायत र फ्रान्स राष्ट्रसंघका स्थायी सदस्य हुन्।

संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि टीएस तिरुमूर्तिले कूटनीतिको बाटो छोड्नु दुःखद् कुरा भएको उल्लेख गर्दै भारत प्रस्तावबाट अलग रहेको बताएका छन्।

 

ताजा अपडेट
सम्बन्धित समाचार