काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज एमसीसीबारे आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।
एमाले अध्यक्ष केपी ओलीले आज दिउँसो १ बजे तिनकुनेस्थित रोयल ब्यांकेटमा पत्रकार सम्मेलन आयोजना गरेको त्यसबारे जानकारी दिन लागेको ऐमालेले जनाएको छ । ।
पत्रकार सम्मेलन मार्फत एमसीसी, स्थानीय निर्वाचन र समसामयीक राजनीतिक घटनाक्रमका बारेमा जानकारी दिन लागेको एमाले नेता शेरबहादुर तामाङको भनाई छ ।
फागुन १५ गते आइतबार प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन भएको छ । त्यससँगै सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्रले समेत त्यसबारेमा प्रष्ट पारिसकेको छ भने एकीकृत समाजवादीले आजै पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी दिन लागेको छ ।