नेकपा एसले पत्रकार सम्मेलन गर्दै, एमसीसी अनुमोदनबारे प्रष्टीकरण दिने

8.9k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । एमसीसी अनुमोदन भएसँगै नेकपा (एकीकृत समाजवादी) ले आज पत्रकार सम्मेलन आयोजना गरेको छ ।

लामो रस्साकस्सीबीच सदनबाट एमसीसी अनुमोदन भएसँगै एमसीसी अनुमोदनबारे  प्रष्टीकरण दिन लागेको हो । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

नेकपा एसले एमसीसीको पक्षमा उभिनुका कारण पत्रकार सम्मेलनमार्फत प्रष्ट्याउन लागेको हो । सो दलमा एमसीसी पारितप्रति केही नेता असन्तुष्ट छन् ।

 

ताजा अपडेट
सम्बन्धित समाचार