सुर्खेतमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन,डेढ दर्जन प्रहरी घाइते,दुई दर्जन प्रदर्शनकारी पक्राउ

8k Shares

काठमाडौं । एमसीसी विरुद्धको प्रदर्शन भड्किएपछि सुर्खेतको वीरेन्द्रनगरमा लगाइएको कर्फ्यु तोड्दै आज पनि प्रदर्शनकारी सडकमा उत्रिएका छन ।  

आज बिहान प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरी निरीक्षकसहित डेढ दर्जन प्रहरी घाइते भएका छन् । यता प्रहरीले पनि दुई दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

घरबाहिर ननिस्कन आग्रह गर्दै माइकिङ गरिरहेका प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा प्रहरीहरु घाइते भएका हुन । दुई जना प्रदर्शनकारी पनि घाइते भएको जनाइएको छ ।

सोमबार भएको प्रदर्शन भड्किएपछि स्थानीय प्रशासनले सोमबार राति ८ बजेदेखि आज साँझ ७ बजेसम्मका लागि वीरेन्द्रनगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

 

ताजा अपडेट
सम्बन्धित समाचार