माओवादीको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् अजेण्डा ? 

7.9k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । 

आगामी फागुन २० गतेदेखि २२ गतेसम्म राष्ट्रिय सभा गृहमा बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिएका छन । 

‘केन्द्रीय समिति बैठक २० गतेदेखि २२ गतेसम्म बोलाइएको छ। एमसीसीका विषयमा पूर्वस्थायी समिति बैठकले निर्णय गरे पनि केन्द्रीय समितिबाट अनुमोदन हुने भएको छ। त्यस विषयमा अधिकांश नेताहरुले आलोचना गर्ने तयारी गरेका छन्।

पार्टीको आठौ महाधिवेशन विपरित गएर एमसीसी पारित गरिएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गर्ने तयारी गरेका छन्। त्यसमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, लेखनाथ न्यौपानेलगायत नेताहरुले असन्तुष्टि पोख्दै आएका छन्।

ताजा अपडेट
सम्बन्धित समाचार