एमसीसीलाई कार्यान्वयन गर्नुपर्ने एमालेको भनाई

10.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ । नेकपा एमालेले अमेरिकी सहायता परियोजना (एमसीसी) संसदबाट पारित भएको अवस्थामा अब यसलाई कार्यान्वयन गर्नुपर्ने बताएको छ । 

आज पत्रकार सम्मेलन गरेर एमालेले संसदबाट पास भइसकेको अवस्थामा अब एमसीसीलाई देश हित हुने गरी कार्यान्वयन गर्नुपर्ने बताएको हो । 

 ‘एमसीसीसम्बन्धी परियोजना संसदबाट अनुमोदन भइसकेको छ, अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्छ, पारित भइसकेको परियोजनाका बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक छ,’अध्यक्ष केपी शर्मा ओलीले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

नेकपा एमालेले अमेरिकी सहायता परियोजना एमसीसीको बारेमा नेकपा एमालेलाई संसदमा छलफल गर्ने मौका नै नदिइएको आरोप पनि लगाएको छ ।

राष्ट्रिय महत्त्वको एमसीसी जस्तो विषयमा संसदमा एमालेलाई पाखा लगाएर सत्ता गठबन्धनले आफ्नो स्वार्थ मात्रै हेरेको एमालेको आरोप छ । 

ताजा अपडेट
सम्बन्धित समाचार