बाँकेमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

8.8k Shares

 काठमाडौँ । बाँकेमा फेला परेको शंकास्पद वस्तु सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

खजुरा गाउँपालिका –३ मनकामनाचोकमा ‘नो एमसीसी’ लेखेको प्रेसर कुकर बम मंगलबार बिहान ७ बजे फेला परेको थियो।

स्थानीयले शंकास्पद रुपमा कपडाले बेरिएको अवस्थामा प्रेसर कुकर बम देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

लगतै नेपाली सेनाको टोलीले बिहान साढे ११ बजे डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

उक्त प्रेसर कुकर बम कसले राखेको भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । 

ताजा अपडेट
सम्बन्धित समाचार