प्रतिनिधिसभा बैठक सुरु हुनुअघि नै दाहाल—नेपालले सभामुख सापकोटासँग भेटे

14.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।  प्रतिनिधिसभा बैठक सुरु हुनुअघि नेकपा दाहाल—नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपालले सभामुखसँग भेट गरेका छन् ।

दुई अध्यक्षले आइतवार  बिहान पौने ११ बजेदेखि करिब आधा घण्टासम्म सभामुख सापकोटासँग सिंहदरबारस्थित उनकै कार्यालयमा भेटेका हुन् । बैठकअघि परामर्शका लागि दाहाल र नेपालले सभामुख सापकोटासँग भेट गरेको बताइएको छ । 

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरिदिएका थिए। त्यसपछि सत्तारुढ नेकपा दुई चिरा भएको छ । तर कानुनी रुपमा नेकपा विभाजित भइनसकेकाले आजको बैठकमा त्यसको असर देखिने अनुमान छ । सिंहदरबारस्थित सभामुख कार्यकक्षमा भएको भेटमा संसद बैठकमा हुन सक्ने सम्भावित गतिविधि तथा देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।

नेकपाभित्र व्यवहारिक रुपमा दुईजना संसदीय दलका नेता र दुई जना प्रमुख सचेतक भएका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार