आफ्नो पार्टीको पहलका कारण एमसीसी जस्ताको तस्तै पारित हुनबाट रोकिएको नेकपा एसको दाबी

11.7k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफूहरुको पहलका कारण अमेरिकी सहयोग परियोजना जस्ताको तस्तै पारित हुनबाट रोकिएको दाबी गरेको छ ।

मंगलबार एमसीसी सम्झौताबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीले आफूहरुले ब्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल नगरेको भए एमसीसी जस्ताको तस्तै अनुमोदन हुने खतरा रहेको बताएको हो । 

‘एकीकृत समाजवादीको विज्ञप्तिमा भनिएको छ , त्यसले देशलाई अप्ठेरो अवस्थामा पु¥याउन सक्तथ्यो, त्यसो हुनबाट रोकिएको छ, यसलाई हाम्रो पार्टीले लिएको अडान र सचेतना अभियानको सफलताको रुपमा लिनुपर्दछ ।’ 

 

ताजा अपडेट
सम्बन्धित समाचार