काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले विकास सहायता परियोजना एमसीसी संसदबाट पास गर्दैमा अमेरिकी सेना नआउने बताएका छन्।
एमसीसीबारे कट्टर विरोधी पार्टी समाजवादीले आइतवार यु टर्न लिँदै संसदमा पक्षमा उभिएको दुई दिनपछि उनले यस्तो बताएका हुन्।
उनले भने, ‘संसदले अनुमोदन गरिसकेपछि अमेरिका र चीनले पनि सकारात्मक भनिसकेका छन्,हामीले १२ बुँदे व्याख्या गरिसकेका छौँ। यसलाई अमेरिकाले मानिसकेको छ । ’
नेपालले संविधानमाथि अरु कुनै कुरा हुन नसक्ने पनि बताएका छन्।