एमसीसी अनुमोदनपछि प्रधानमन्त्री देउवा र अमेरिकी विदेश मन्त्रीबीच टेलिफोन संवाद, के भयो त कुुराकानी ?

8.5k Shares

काठमाडौँ । प्रतिनिधि सभाबाट मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन भएको दुई दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनबीच टेलिफोन संवाद भएको छ।

मंगलबार राति अमेरिकी विदेश मन्त्री ब्लिन्कनबीच संवाद भएको प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्। उनले गरीबी निवारण, विकास र जलवायु परिवर्तन लगायत विषयमा छलफल भएको उल्लेख गरेका छन्।

यससँगै युक्रेनमाथि भइरहेको रूसी आक्रमणका विषयमा पनि छलफल भएको छ। युक्रेनको सार्वभौमिकतालाई समर्थन जनाउने विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाले बताएका छन्।

Capture 1 dewa.PNG

यस्तै ब्लिन्कनको सचिवालयले आर्थिक विकास, क्षेत्रीय चुनौती, युक्रेनमाथि रूसी आक्रमण लगायत विषयमा संवाद भएको जनाएको छ।

“आज नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँगको कुराकानीमा रूसको अकारण आक्रमण तथा युक्रेनको सम्प्रभुता र भौगोलिक अखण्डताप्रतिको हाम्रो समर्थन लगायत विषयमा कुराकानी भयो,” “हामी आर्थिक विकास र क्षेत्रीय चुनौती सम्बन्धी विविध मामिलामा सहकार्य जारी राख्नेछौं” ब्लिन्कनको सचिवालयले भनेको छ । 

Capture 2 yantoni.PNG

ताजा अपडेट
सम्बन्धित समाचार