जसपामा पनि खटपट बढ्यो, कार्यकारिणी छाडेर गुटको बैठकमा नेताहरू

14k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

 काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा केन्द्रीय कार्यकारिणी समितिको बैठक छोडेर गुट र शीर्ष नेताहरूबीच बैठक छलफल चलिरहेको छ ।

कार्यकारी अधिकार बाँडफाँटको विषयमा चर्किएको विवाद मिलाउन नेताहरू आ–आफ्नो समूहको बैठकमा सक्रिय भएका हुन् । मंगलबार संघीय परिषद् अध्यक्ष डा‍. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहमा रहेका नेताहरू छुट्टाछुट्टै बैठकमा बसेका स्रोतले जनाएको छ । 

गत शुक्रबारबाट ललितपुरमा सुरु भएको बैठक विवाद समाधान नहुँदा सम्पन्न हुन सकेको छैन । आज दुवै पक्षका शीर्ष नेता बसेर साझा निष्कर्षमा पुग्न प्रयास हुनेछ ।

स्थानीय तहको चुनाव नजिकिँदै छ भने प्रदेश र संघीय चुनावको मिति पनि धेरै टाढा छैन । यस्तो अवस्थामा खासगरी मधेस प्रदेश का महेन्द्र राय यादव र उपेन्द्र यादवसँग दूरी बढाएका नेताहरूका साथै लुम्बिनी प्रदेशका इस्तियाक राई लगायतका नेताहरू अहिले अध्यक्ष यादवसँग शक्ति संघर्षमा छन् ।  

ताजा अपडेट
सम्बन्धित समाचार