एमसीसीको व्याख्यात्मक घोषणा ‘न्यानो थाङ्नो’ मात्रै भएको झलनाथ खनालको टिप्पणी

12k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमसीसीको व्याख्यात्मक घोषणा भनेको ‘न्यानो थाङ्नो’ मात्रै भएको टिप्पणी गरेका छन् । 

बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता खनालले व्याख्यात्मक टिप्पणी भनेको नेपालका नेताहरूलाई आनन्दपूर्वक सुतुन् भनेर बनाइएको एउटा न्यानो थाङ्नो मात्रै भएकोे  टिप्पणी गरेका हुन् । 

२७५ सांसदलाई हेरेको हेर्‍यै पारेर जबरजस्ती एमसीसी पास गरेको उनको आरोप थियो । खनाले भने ‘यो नेपालको इतिहासमा दुःखद लज्जाजनक कुरा हो, न छलफल गर्ने वातावरण बन्यो, सांसदहरूलाई हेरेको हेर्‍यै पारेर जबरजस्ती माथिबाट पेलेर पास गरियो । त्यहाँभित्र अनेकौँ राष्ट्रघाती कुरा भए पनि अहिले एउटा सिकाको सुतारीसमेत सुधारिएको छैन ।’

एमसीसी संसदबाट पास गर्दासमेत प्रक्रिया नपुगेको उनको भनाइ छ । 

ताजा अपडेट
सम्बन्धित समाचार