नेकपाको आधिकारिकता, संसद सचिवालयले यस्तो फैसला दिएपछि

9.5k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।  सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको बारेमा अदालतमा परेको रिटमाथि ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ ।

मिति २०७५र०७र०९ को निर्णय फैसला राजनीतिक दल सम्बन्धि ऐन,२०७३ को दफा ६९१० ९ङ० र राजनीतिक दल सम्बन्धि नियमावली, २०७४ को नियम ९मा भएको कानूनी व्यवस्था विपरीत देखिँदा उत्प्रेषणको आदेशबाट बदर गरिदिएको छ,' सर्वोच्चको आदेशमा भनिएको छ । 

संसद् सचिवालयका महासचिव भरतराज पौडेललाई भेटेर आफूहरू आधिकारिक रहेको दाबी गर्दै पत्र पेस गर्दै प्रचण्ड–नेपाल पक्षले आफ्नो पक्षमा बहुमत सांसद रहेको र प्रचण्डलाई संसदीय दलको नेता तथा देव गुरुङलाई प्रमुख सचेतक नियुक्त गरेको जनाएको छ ।

सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला सुनाएसँगै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि प्रश्न चिन्ह खडा भएको छ ।  तर सचिवालयका महासचिव पौडेलले पत्र दर्ता गर्न अहिले कानुनी रूपमा समस्या रहेको र बहुमत सांसदको हस्ताक्षर पनि आवश्यक पर्ने बताएका छन् ।

न्यायाधीशद्वय कुमार रेग्मी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा फैसला सुनाएको हो ।

 

ताजा अपडेट
सम्बन्धित समाचार