स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार गठबन्धन हुन्छ : काँग्रेस प्रवक्ता महत

9.8k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत गरेका छन् । 

महतले सत्तारुढ प्रमुख घटक काँग्रेसका प्रवक्ता महतले सत्तारुढ दलहरुबीच स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरेर जाने अवस्था आफूले नदेखेको बताएका हुन् । 

उनले स्थानीय आवश्यकतालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले दलहरुले आ–आफ्नै ढंगले उम्मेदवारी दिने तर्क समेत गरे । तर यस विषयमा सत्तारुढ दल भित्र भने कुनै छलफल भइनसकेको उनको भनाई छ । 

प्रवक्ता महतले आवश्यकताको सिद्धान्त र आ–आफ्नै फाइदाको सिद्धान्त अनुसार स्थानीय तहको निर्वाचनमा दलहरु जुट्नुपर्ने अवस्था रहेको दोहो¥याएका छन । स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुनेमा आफ्नो पार्टी विश्वस्त रहेको उल्लेख गर्दै उनले त्यसका लागि सरकार अघि बढिसकेको बताए । 

प्रवक्ता महतले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई सहमतीमा लिएर संसद सूचारु गराउन आफ्नो पार्टीले प्रयास जारी राख्ने बताए । उनले सभामुख अग्निप्रसाद सापकोटा र माधव नेपालसहितका १४ जना सांसदको विषय अदालतमा विचाराधीन रहेकाले त्यसलाई छाडेर एमालेले संसद सूचारु गराउनु पर्ने बताए । 

ताजा अपडेट
सम्बन्धित समाचार