प्रधानन्यायाधीशमाथिकाे महाअभियोगबारे आउँदाे संसद् बैठकमा छलफल हुन्छ : मन्त्री बडू

9.8k Shares

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले अब बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोग प्रस्तावका विषयमा छलफल हुने बताएका छन । 

मन्त्री बडूले नियमावलीमा भएको व्यवस्थाअनुसार प्रस्ताव अघि बढ्ने जानकारी दिएका हुुन । उनले हाम्रो नियमावलीको व्यवस्थाअनुसार महाभियोग प्रस्ताव दर्ता भइसकेपछि सात दिनपछिको कुनै पनि बैठकमा राख्ने भन्ने रहेको पनि जानकारी दिएका छन । 

त्यसका लागि ११ जनाको महाअभियोग सिफारिस समिति बन्ने कानुनी व्यवस्था छ । यसको वस्तुगत आधारसमेत तयार गरेर फेरि संसदमा निर्णयार्थ ल्याउनका लागि तीन महिनाको समय पाउने पनि उनले जानकारी दिएका छन । 

प्रतिनिधि सभाको अर्को बैठक यही फागुन २२ गतेका लागि बोलाइएको छ । सत्तारुढ गठबन्धन दलले फागुन १ गते प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेको थियो ।

 

ताजा अपडेट
सम्बन्धित समाचार