एमसीसीविरुद्व मोर्चा बनाउने तयारीमा विप्लप, भीम रावल भेट्न टोखा पुगे

9.7k Shares

काठमाडौ । नेकपा (एमाले) का नेता भीम रावल र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच आज भेटघाट भएको छ। नेता रावलको निवास टोखामा आज बिहान उनीहरुबीच भेटघाट भएको हो।

महासचिव विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई साथ लिएर रावललाई भेट्न टोखा पुगेका हुन् । भेटमा एमसीसी र राष्ट्रिय स्वाधीनता रक्षाको पक्षमा एकताबद्ध भएर संघर्ष गर्ने विषयमा छलफल भएको जनाइएको छ ।

विप्लवले बुधबार माओवादी नेता नारायणकाजी श्रेष्ठ, नेकपा एसका नेता झलनाथ खनाललगायतलाई भेटेका थिए।

ताजा अपडेट
सम्बन्धित समाचार