एमसीसी पास गराएकोमा प्रचण्ड–माधवलाई देउवाले गरे धन्यवाद ज्ञापन,संसद् अवरोध हटाउने विषयमा छलफल

11.9k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

काठमाडौँ  । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग नियोग (एमसीसी) सँगको सम्झौता प्रतिनिधिसभाबाट अनुमोदनको प्रक्रियामा सहयोगी सबैलाई धन्यवाद प्रकट गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनमा सहयोग पुर्‍याउने सबै राजनीतिक दल र नेताहरूलाई धन्यवाद व्यक्त गरेका हुन् ।

बैठकमा एमसीसी अनुमोदनका क्रममा गठबन्धनमा उत्पन्न खटपटको समीक्षा तथा समसामयिक राजनीतिक घटनाक्रम र सरकारका कामकारबाहीका विषयमा छलफल भएको बताईएको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा भएको जानकारी दिएका छन । 

मन्त्री कार्कीले भने,‘अहिलेको समसामयिक राजनीतिका बारेमा छलफल भयो,प्रमुख प्रतिपक्षी दलले निरन्तर संसद् अवरोध गरिरहेको छ । त्यसकारण संसद्ले गर्नुपर्ने अत्यावश्यक कामहरू हुन पाएका छैनन् । महत्त्वपूर्ण विधेयकहरू पारित गर्नुपर्ने आवश्यक छ । तर, त्यसको प्रक्रिया अघि बढाउन सकिएको छैन । त्यसैले बैठकले प्रमुख प्रतिपक्षी दलसँग संसद्‌मा जारी अवरोध हटाउन आह्वान गरेको छ ।’

सत्ता गठबन्धनमा लामो छलफल र रस्साकस्सीपछि आइतबार प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन भएको थियो ।

 

ताजा अपडेट
सम्बन्धित समाचार