काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी परियोजनालाई पाँच वर्षभित्रमै सक्ने सरकारले लक्ष्य राखेको बताएका छन ।आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तासीन चार दलको बैठकपछि मन्त्री कार्कीले यस्तो बताएका हुुन ।
उनले पाँच वर्षभित्रमा झन्डै ३ सय १५ मिटर प्रसारण लाइन र अन्तर्राष्ट्रियस्तरको सडक निर्माण गर्ने लक्ष्य पूरा गरेर देशको गरिबी निवारण र देशलाई दिगो आर्थिक विकासलाई अघि बढाउनतर्फ सरकार रहेको उल्लेख गरेका छन ।
कार्कीले एमसीसी पास गर्न सहयोग गर्ने राजनीतिक दलहरूले अब एमसीसी समयमै सक्नका लागि पनि एकजुट भएर सहयोग गर्न आग्रह गरेका छन । यस्तै मन्त्री कार्कीले संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग आग्रह गर्ने समेत उल्लेख गरेका छन ।