सानेपामा देउवाबिनै कांग्रेस पदाधिकारी बैठक जारी, किन अनुपस्थित रहे देउवा

8.6k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्थाको विधान टुंग्याउनको लागि कांग्रेस पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा जारी छ ।

तर पदाधिकारी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा भने अनुपस्थित रहेका छन् । पदाधिकारीको बैठकले हालसम्म दलित संघको विधान टुंग्याएको छ ।

बैठकमा किसान संघ, महिला संघ, प्रजातान्त्रिक सेनानी संघ र सांस्कृतिक संघको विधानबारे छलफल भइरहेको महामन्त्री विश्‍वप्रकाश शर्माले जानकारी दिएका छन ।  उनका अनुसार बाँकी रहेका भ्रातृ संस्थाको विधान दुई – तीन दिनमा टुंगिनेछ ।

बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी छन् । आठ सह–महामन्त्रीमध्ये उमाकान्त चौधरी भने सहभागी छैनन् ।

ताजा अपडेट
सम्बन्धित समाचार